न्यायपालिकाको निर्णयलाई सबैले मान्नुपर्छ: उपप्रम पोखरेल


उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन्। प्रेस सङ्गठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट गरे।

“न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र ”, उनले भने, “न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?” शक्ति पृथकीकरणको सिद्धान्तलाई आपूmहरुले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ भने । 

राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि सङ्कट आएका कारण दिगो हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सचिवालय सदस्य पोखरेलले बताए। उनले भने, “राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो ।” उनले प्रश्न गरे, “ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?”

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उनले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिश नगर्न सबैलाई अनुरोध गरे। यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने उनको भनाइ थियो । उनले भने, “यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ ।” उनले निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी पनि दिए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes