मन्त्रिपरिषद बैठकमा विप्लव समूहबारे छलफल


मन्त्रिपरिषद बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहबारे छलफल भएको छ । यसअघि सरकारले उक्त समूहलाई प्रतिबन्ध लगाएको छ । सरकारले विप्लव समूहलाई २०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको थियो । 

भुमिगत शैलीमा पार्टीको गतिविधि गर्दै आएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्किन प्रतिबन्ध छ । पछिल्लो पटक खुला राजनीतिमा फर्किन विप्लव समूह, मोहन बैद्य लगायत चार राजनीतिक घटक मिलेर रणनीतिक एकताले पनि विप्लव खुला रुपमा मुलधारमा आउन खोजेको देखिन्छ । 

यसअघि ८ फागुनमा प्रेस विज्ञप्ति जारी गरी विप्लवले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएका थिए । उनले वार्ताको वातावरण बनाउन आग्रह समेत गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सार्वजनिक रुपमा विप्लवसँग वार्ता हुने आसयको अभिव्यक्ति दिँदै आएका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा पनि विप्लव समूहबारे छलफल भएको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए । ‘आजको बैठकमा विप्लव समूहलाई लगाएको प्रतिवन्ध फुकुवा गर्न नगर्ने, वार्ता वस्ने नबस्ने जस्ता विषयमा छलफल भएको छ । केही दिनमा यसको नतिजा निस्केला ।’, ती सदस्यले भने । मन्त्रिपरिषद् बैठक बस्नु अघि आज विहान राष्ट्रिय सुरक्षा बैठक बसेको थियो । त्यस बैठकमा पनि विप्लव समूहकै विषयमा छलफल भएको बताईन्छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes