राप्रपाद्वारा पाँच वटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन


राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ। बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै राप्रपाले प्रदेश १, २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको जानकारी दिएको हो।

अध्यक्षत्रयले पार्टीको विधान बमोजिम प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्षमा मनोनयन गरेको राप्रपाले जनाएको छ। जसअनसार प्रदेश १ को अध्यक्षमा रामकुमार थापा (झापा) र उपाध्यक्षमा सगुनसुन्दर लावती (पाँचथर), प्रदेश २ को अध्यक्षमा रामचन्द्र राय (सर्लाही) र उपाध्यक्षमा महेशलाल महासेठ (सिरहा), गण्डकी प्रदेशको अध्यक्षमा हेमजंग गुरुङ (लमजुङ) र महेश्वर रोक्का (गोरखा) मनोनयन भएका छन्।

त्यस्तै लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीपकुमार उदय ( रुपन्देही) र उपाध्यक्षमा कैलाश गुरुङ (रुपन्देही), कर्णाली प्रदेशको अध्यक्षमा दीपबहादुर शाही (कालीकोट) र उपाध्यक्षमा जनकसिंह ठकुरी (सुर्खेत) मनोनयन भएका छन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes