सांसद त्याग्ने ओलीको साथ नछाड्ने माओवादीका सांसद [सूचिसहित]


पद छाड्ने तर ओली नछाड्ने भन्दै लुम्विनीका चार जना संसद नेकपा एमालेका केन्द्रीय सदस्य बनेका छन् । लुम्विनीसँगै सुदुरपशि्चम क्षेत्रबाट समेत लेखराज भट्ट सहितका सांसदहरुले माओवादीले कारवाही गरेर सांसद पद गए पनि ओलीको साथ नछाड्ने बताएका हुन् । 

प्रचण्ड–माधव पक्षले आफ्नै समूहमा राखेकाहरु मध्ये गुल्मीबाट निर्वाचित माओवादीका प्रदेशसभा सदस्य दिनेश पन्थी, अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का र रुपन्देहीबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित दधिराम न्यौपाने रहेका छन् । उनीहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन् । 

माओवादीका सांसदहरु क्रमस रुपमा एमालेमा लाग्ने क्रम बढे पछि यस क्षेत्रमा माओवादी थप कमजोर बनेको छ । सुदुरपशि्चमबाट त्यसै गरी सुदुरपशि्चमबाट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित गौरीशंकर चौधरी, सुदुरपसि्चम प्रदेससभामा अछामबाट निर्वाचित सांसद झपट बोहोरा (पुर्व आर्थिम मामिला मन्त्री)ले प्रचण्डलाई त्यागेर ओली तर्फ लागेका छन् । यता कन्चनपुर जिल्ला अध्यक्ष बीर वहादुर थापा, बाजुर जिल्ला संयोजक भरत बुढा लगायत जिल्लास्तरका नेतृत्व गर्ने नेता समेत ओली पक्षमा लागेका छन् । 

यसरी सांसद देखि जिल्लास्तरका नेता र प्रचण्डका विषेशपात्रोकै रुपमा चिनिने लेखराज भट्ट समेतले माओवादी त्यागेर एमालेमा प्रवेश गरे पछि कार्यकर्ताहरु समेत एमाले प्रवेश गर्ने लहरमा पुगेको प्रदेश इन्चार्ज समेत रहेको भट्टले बताए । 

सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएको छ । तर यि संसदहरुले आफुहरु नेकपा माओवादी केन्द्रबाट निर्वाचित भए हो तर केपी ओलीले नेतृत्वमा रहेर काम गर्ने भन्दै एमालेमा प्रवेश गरेका हुन् । यस अघि भने एमाले र माओवादी केन्द्र एकता भए पछि नेकपामा रहेर केपी ओलीकै नेतृत्वमा काम गरेका थिए । माओवादीले कारवाही गरे लुम्विनीका संघीय र प्रदेश सांसदगरि चारजनाको पद जाने पक्का छ । 


माओवादी त्याग गरी एमालेमा प्रवेश गर्ने सांसदहरुको सूचिः

  1. दिनेश पन्थी गुल्मी प्रदेशसभा सदस्य 
  2. टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभामा (मन्त्री ऊर्जामन्त्री)
  3. चन्द्रबहादुर खड्का अर्घाखाँची राष्ट्रिय सभा सदस्य 
  4. दधिराम न्यौपाने रुपन्देही लुम्बिनी प्रदेश सभा सदस्यमा 
  5. कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित लेखराज भट्ट [वाणिज्य तथा आपूर्तिमन्त्री]
  6. कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित गौरीशंकर चौधरी
  7. सुदुरपसि्चम प्रदेससभामा अछामबाट निर्वाचित सांसद झपट बोहोरा (पुर्व आर्थिम मामिला मन्त्री)
  8. गृह मन्त्री रामबहादुर थापा (बादल) 
  9. शहरी विकास मन्त्री प्रभु शाह
  10. बीर वहादुर थापा, कन्चनपुर जिल्ला अध्यक्ष
  11. भरत बुढा, बाजुर जिल्ला संयोजक

नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes