रेशम चौधरी रिहाइका लागि प्रधानमन्त्रीसँग पौने दुई घन्टा वार्ता


प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीकापुर घटनाबारेको विविरण बुझाउँदै संयोजक सुरेन्द्र चौधरी। तस्बिर : प्रधानमन्त्री सचिवालय

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ र टीकापुर घटनाका राजबन्दीहरुको रिहाइ माग गर्दै संयोजक सुरेन्द्र चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो।

पौने दुई घन्टा भएको छलफलमा अभियानका संयोजक सुरेन्द्र चौधरीले रेशमको रिहाइसम्बन्धमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्रीले लो प्रोफाइलमै बसेर टीकापुर राजबन्दी रिहाइ अभियानलाई निरन्तरता दिएकोमा टोलीलाई धन्यवाद दिएका थिए।

उनले टीकापुर घटना अदालती प्रक्रियामा गइसकेको र न्यायालयले गरेका निर्णयहरुमा सरकारले आफ्नो मर्यदा ख्याल गर्नुपर्ने भएकाले खुलेर केही बोल्न नसकेको बताए।

'रेशमजीलगायत टीकापुर राजबन्दीहरुबारे मलाई धेरै कुरा थाहा छ। मलाई पनि धेरै कुरा बोल्न मन छ। तर अदालती प्रक्रियामा गइसकेका मुद्दामा सरकारले आफ्नो मर्यादा ख्याल गर्नुपर्छ। मिडियामा आएका भ्रम चिर्न यो अभियानले राम्रो काम गरेको छ। पक्कै पनि यसले सार्थकता पाउँछ,' प्रधानमन्त्रीले भने।

संयोजक चौधरीका अनुसार टीकापुर घटनाबारे बाहिर भइरहेका विभिन्न आन्दोलन, प्रदर्शनहरुलाई लिएर प्रधानमन्त्रीले दुःख ब्यक्त गरेका छन्। 'रेशम चौधरीको रिहाइलाई लिएर बाहिर भइरहेका आन्दोलन, प्रदर्शन र मिडियाबाजी राम्रो होइन,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै चौधरीले भने।

छलफलका क्रममा संयोजक चौधरीले टीकापुर राजबन्दी रिहाइका लागि सम्पूर्ण दस्पतावेज प्रधानमन्त्रीलाई बुझाएका थिए। प्रधानमन्त्रीसँग भएको छलफलमा संयोजक चौधरीसँगै टोलीका सदस्यहरु डा. सुरेन्द्र झालगायत रहेका थिए। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes