माओवादी सरकारबाट बाहिरिएपनि एमाले सरकार सुरक्षित !


गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था मन्त्री लेखबहादुर थापा मगरले राजीनामा दिएका हुन् । 

माओवादी सरकारबाट बाहिरिएपनि समर्थन फिर्ता लिने÷नलिने विषयमा अहिलेसम्म कुनै निर्णय गरेको बाहिर आएको छ । तर माओवादीले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार सुरक्षित रहेको छ । राष्ट्रिय जनमोर्चाको समर्थन सरकारलाई कायमै रहेसम्म गुरुङ सुरक्षित छन् । 

गण्डकीमा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छन् । ६० सदस्य रहेको प्रदेश सभामा एमालेका २८ सांसद छन् । जनमोर्चाका ३ सांसदले समर्थन कायम राख्दा सरकार ढल्ने अवस्था छैन । 

प्रदेश सभामा माओवादीका १२ र नेपाली कांग्रेसका १५ सांसद छन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes