यी हुन राप्रपाकाे ७ वटा संगठनमा जिम्मेवारी पाउने व्यक्तिहरू (सूचीसहित)


राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका संगठनहरुको एकता सम्पन्न गरेको छ । अध्यक्षहरु कमल थापा,पशुपति शमसेर जबरा र प्रकाशचन्द्र लोहनीसहभागी बैठकले विभिन्न ७ वटा संगठनको नेतृत्व टुंगो लगाएको हो । 

जसअनुसार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा कुन्ती कुमारी शाही र सहअध्यक्षमा ममता राईलाई जिम्मेवारी दिइएको छ । यस्तै राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको अध्यक्षमा प्रकाश रिमाल र राजु लोहनीलाई जिम्मेवारी दिइएको छ । 

राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनमा कार्यकारी अध्यक्ष महेश बहादुर सिंह र अध्यक्ष धनशुर शाही, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनमा अध्यक्ष ऋषि बाबु परियार र सहअध्यक्ष सरला बिश्वकर्मालाई जिम्मेवारी दिइएको छ । 

यस्तै राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनको अध्यक्षमा सलाउद्दिन जसगढ र सहअध्यक्ष हजबुल मियाँ, राष्ट्रिय प्रजातान्त्रिक आदिवासी जनजाति संगठनका अध्यक्षद्वय लालध्वज लामा र आङ्गनिमा शेर्पालाई तोकिएको छ ।

यस्तै राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनको अध्यक्षमा ध्रुव रायमाझी र सहअध्यक्ष राममणि न्यौपानेलाई जिम्मेवारी दिइएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes