संसदीय समितिका सदस्य हेरफेर गर्न बैठक बस्दै


संसदीय समितिका सदस्य हेरफेर गर्न बैठक बस्दैछ । त्यसका लागि प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा बैठक शुरु भएको हो । आज बिहान ११ बजेदेखि शुरु भएको बैठक अहिले पनि जारी छ। सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकता खारेज गरेपछि संसदमा प्रतिनिधित्व गर्ने दलको अवस्थामा परिर्वतन आएपछि संसदी समितिमा पनि हेरफेर गर्न बैठक बसेको हो। 

नेकपा एमालेले संसदीय समितिमा रहेका सांसद हेरफेरका लागि सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरिसकेको छ। आफू संसदको ठूलो दल भएको भन्दै त्यसै अनुसार सदस्य हेरफेर गरिदिन एमालेले आग्रह गरेको हो। प्रतिनिधिसभा र राष्ट्रियसभामा १६ समिति छन्। जसमध्ये दुई संयुक्त समिति छन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes