कांग्रेस, जसपाले सहयोग नगरे पछि विकल्प खोज्दै प्रचण्ड


नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकार माथि अविस्वासको प्रस्ताव दर्ता गर्न बहुमत बटुल्न लागि परेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले साथ दिन मानेन । सत्ता समिकरण गरी ओली सरकार ढाल्न प्रयासरत प्रचण्डलाई यि पार्टीले साथ नदिए पछि थप विकल्प खोज्न थालेको सचिवालय स्रोतले जनाएको छ । 

प्रचण्डले कांग्रस सभापति शेरवहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई ओलीलाई नै साथ दिने हो भन्दै प्रश्न गरे पछि उनी समिकरणबाट पछि हट्ने पक्षमा पुगेको स्रोतको भनाई छ । केपी ओली सरकार कायमै राख्ने कि ओलीलाई सत्ताबाट हटाउने भन्ने बारेमा यि दुई अध्यक्षलाई प्रचण्डले बुधबार अन्तिमपल्ट सोध्ने भएका थिए । 

फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएकै दिनदेखि ओली सत्ता ढालेर नयाँ सरकार बनाउन अग्रसर भएको तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षको पहलमा कांग्रेस सभापति शेरवहादुर देउवा उत्साही नभएकोमा अहिलेसम्म पनि देउवाले निर्णायक कदम चाल्न खोजेका छैनन् ।

कांग्रेस र जसपाले अविश्वास प्रस्ताव ल्याउने सहमति जनाए सरकारलाई दिएको समर्थन फिर्ता लिन तयार भएर बसेको माओवादी केन्द्र पछिल्ला दिनमा निराश बनेको छ । कांग्रेसले ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेपछि माओवादी अध्यक्ष प्रचण्ड उत्साही भएका थिए ।

कांग्रेसले सरकार गठनको निर्णय गरे पनि अहिलेसम्म माओवादी र जसपासहितको बैठक समेत बोलाउन नचाहानुले सभापति देउवाको नियत ओली हटाउने नदेखिएको माओवादी नेताहरु बताउँछन् । 

माओवादी केन्द्र कांग्रेस र जसपाले सरकार ढाल्ने निर्णय गरेको ५ मिनेटभित्र समर्थन फिर्ताको सूचना संसदमा दर्ता गराउन तयार रहेको माओवादी स्रोतको भनाई छ । तर वैकल्पिक सरकारको चित्र प्रष्ट नभई समर्थन फिर्ता लिँदा ओलीलाई थप षड्यन्त्र गर्ने मौका मिल्ने र मुलुकलाई पुनः चुनावमा लैजाने तथा त्यो चुनाव नहुने अवस्था देखिएको माओवादी नेताहरुको भनाई छ।

यता देउवा र महन्थ ठाकुर अन्ततः ओलीकै लाइनमा उभिने संकेत देखिएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes