भारतबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह क्वारेन्टिनमा, काेराेना रिपाेर्ट यस्ताे छ


१० दिने भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल फर्किएका छन् । कुम्भ मेलामा सहभागी भएर पूर्वराजा शाह आज नेपाल फर्किएका हुन् । केही बेह अघि मात्रै पूर्वराजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । 

नेपाल फर्किएका पूर्वराजा शाह क्वारेन्टिनमा बस्ने भएका छन् । कुम्भ मेलामा सहभागी धेरैमा कोरोना संक्रमण देखिएका कारण शाह क्वारेन्टिनमा बस्ने भएका हुन् ।

भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन उनी चैत २६ गते बिहीबार भारत गएका थिए। यो संसारकै सबैभन्दा ठूलो धार्मिक मेला मानिन्छ। शाहले मंगलबार गंगास्‍नान गरेका थिए। पूर्वराजा शाहको कोरोना परीक्षण पनि गरिएको छ । भारतमै गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ । 

१० देखि १४ अप्रिलसम्म गरिएको परीक्षणमा १७ सय भन्दा बढी संक्रमण पुष्टि भएको हो। स्वाब परीक्षणमा कार्यरत चिकित्सकका अनुसार कुम्भ भेलामा आएका मध्ये २ लाख ३६ हजार ७ सय ५१ जनाको स्वाब लिँदा १ हजार ७ सय १ जनामा कोरोना पुष्टि भएका छन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes