शान्ति सुरक्षा पहिलो प्राथमिकताः मुख्यमन्त्री पौडेल


वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा रहेको बताएका छन् । 

प्रदेश सरकारले निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरीलाई साधन स्रोतले सुसज्जित गरिने बताएका हुन् । 

प्रहरी सङ्गठनलाई चुस्तदुरुस्त बनाउन भवन, सवारीसाधनलगायत साधन स्रोत र पर्याप्त जनशक्ति उपलब्धि गराइने उनको भनाइ थियो । उनले प्रहरी प्रदेश सरकार मातहत नआएका कारण लगानी गर्न धेरै समस्या परेको जानकारी दिए। ‘हामीले धेरै नै मेहनत गरेर प्रहरी चौकी भवन बनाएका छौँ’, उनले भने ।

मन्त्रालयका अनुसार पहिलो चरणमा मकवानपुरमा सात, काभ्रेपलाञ्चोक र सिन्धुलीमा छ÷छ, चितवन र रामेछापमा पाँच÷पाँच, रसुवा र दोलखामा गरी चार र धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा तीन÷तीन वटा भवन निर्माण भइरहेका छन् । प्रहरी भवन निर्माणका लागि सबैभन्दा बढी मकवानपुर जिल्लामा रु १८ करोड २१ लाख ९६ हजार छुट्टाइएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes