लुम्बिनी सरकारमा सहभागी मन्त्रीलाई जसपाले बोलायो फिर्ता (हेर्नुहोस विज्ञप्ती)


जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सोमबार नियुक्त गरेका चार जना मन्त्रीहरुलाई २४ घण्टे अल्टिमेटम दिँदै राजीनामा दिन निर्देशन दिएको हो । 

पार्टी निर्णय विपरीत मन्त्रीको शपथ लिएको भन्दै फिर्ता बोलाइएको हो। शपथग्रहण गरेकोमा पार्टीले चारै जनालाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ। स्पष्टीकरण चित्त नबुझे कारबाहीको चेतावनी पार्टीले दिएको छ।

निर्णय अनुसार पार्टी प्रदेश कमिटी अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गर्दै फिर्ता नभएमा सांसद पद नरहने गरी कारबाहीको चेतावनी दिए ।

पोखरेलले सन्तोषकुमार पाण्डेयलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कल्पना पाण्डेयलाई शिक्षा तथा समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए। यस्तै सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes