नेपाल समूहको रणनीतिः सामूहिक राजीनामा दिने, विपक्षीलाई सहयोग गर्ने !


प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताएपछि अहिले विपक्षी दलहरु आफ्नो रणनीति बनाउन जुटेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको एक पक्षले ओलीको विकल्प खोज्नुपर्ने बताइरहेका बेला ओलीले विश्वासको मत लिने निर्णय गरेका हुन् । 

यता ओलीले विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेको विद्रोही पक्ष माधव कुमार नेपाल समूहले के गर्छ भन्ने चासोको विषय बनेको छ । नेपाल निकट स्रोतका अनुसार अहिले नेताहरु छलफलमा जुटेका छन् । 

ओलीले विश्वासको मत लिने बतताएपछि नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिन सक्ने हल्ला पनि चलेको छ । यद्यपी राजीनामा दिएपछि पार्टी औचारिक रुपमा विभाजन हुने भन्दै नेपाल समूहका केही नेताहरुले त्यस्तो गर्न नहुने बताउँदै आएका छन् । 

प्रतिनिधिसभामा यही बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका हुन् । अहिले एमालेसँग अहिले १२१ जना सांसद छन् । प्रधानमन्त्री ओलीलाई बहुमतको लागि थप १५ सांसदको आवश्यक छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षधरले साथ दिने वचन दिएपछि प्रधानमन्त्री ओली विश्वासको मत लिने तयारीमा जुटेका हुन् ।

नेता नेपालले विपक्षी गठबन्धनलाई सरकार बनाउन सहज हुनेगरी आफ्नो पक्षका २१ जनालाई समूहिक राजीनामा दिन लगाउने तयारी गरेको बुझिएको छ । उनीहरले राजीनामा दिएमा बहुमतको लागि १२४ मात्रै भए पुग्छ । नेपाली कांग्रेससँग ६१, नेकपा माओवादी केन्द्रसँग ४९ सांसद छन् । कांग्रेस र माओवादीको सांसद संख्या ११० पुग्छ । उता, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षधरले मात्रै साथ दिए पनि बहुमत पुग्ने अवस्था हुनेछ । तर नेपाल समूहले सामुहिक राजीनामा दिएमा उनलाई अर्को पार्टी दर्ता गरेर राजनीति गर्ने वा पुष्पकमल प्रचण्डसँग मिलेर अगाडी बढ्नुबाहेकको विकल्प हुनेछैन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes