कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने


नेपाली कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते लिन लागेको विश्वासको मतलाई असफल पार्ने निर्णय गरेको छ।

मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलिले लिन लागेको विश्वासको मतलाई असफल बनाउन पार्टीले पहल गर्ने, अन्य दलहरुसँग पनि कुरा गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले बताए। 

बैठकले प्रधानमन्त्री ओलीले संवैधानिक मूल्य र मान्यतालाई एक पछि अर्को गरेर भत्काउने काम गरेकोमा भत्सर्ना समेत गरेको उनको भनाइ छ। 

‘विश्वासको मतलाई असफल बनाउन नेपाली कांग्रेस पार्टीले पहल गर्ने, अन्य दलहरु सँग पनि कुरा गर्ने र जसरी चाहीँ ओलीजीको नेतृत्वमा सरकार छ। चौतर्फी रुपमा संवैधानिक मूल्य र मान्यताहरुलाई एकपछि अर्को गरेर भत्काउने काम भइरहेको छ। प्रदेशहरुमा पनि नांगो किसिमबाट अल्पमतमा पुगेपछि जर्बजस्ती मुख्यमन्त्री राखिराख्ने केन्द्रकै निर्देशनमा जनुखाले क्रियाकलाप असंवैधानिक क्रियाकलाप प्रधानमन्त्रीबाट भइराखेको छ। त्यसको समीक्षा गर्‍यौँ। भर्त्सना गरेका छौं,’ उनले भने।

बैठकले प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत संवैधानिक आयोग लगायतका विषयहरुलाई पुनः अध्यादेशमार्फत् अगाडि बढाउने काम गरको भन्दै त्यसको पनि भत्र्सना गरेको नेता महतले जानकारी दिए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes