'जसपा फुटाउन देशी-विदेशी शक्तिहरू सांसदको घरदैलो गर्दैछ'


जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य विश्वदीप पाण्डेले पार्टी फुटको संघारमा पुगेको बताएका छन्। संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईका प्रेस सल्लाहकार तथा निकट सहयोगी पाण्डेले जसपा फुटको संघारमा पुगेको बताएका हुन्।

जसपाका सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यकोमा पैसाको झोलासहित देशी-विदेशी शक्तिहरू सोमबार रातिदेखि घरदैलो गरिरहेको पाण्डेको टिप्पणी छ। ‘हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद, सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ,’ पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् । 

पाण्डेले सत्ता टिकाउन अहिलेको सरकार जे पनि गर्न तयार रहेको र प्रमुख प्रतिपक्ष कांग्रेस तमासे बनेको आरोपसमेत लगाएका छन् । जसपामा हाल पूर्वराष्ट्रिय जनता पाटी (राजपा) र पूर्वसंघीय समाजवादी पार्टीपक्षका नेताबीच केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा फरक विचार देखिँदै आएको छ । 

जसपाका शीर्ष नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा छन् भने डा.बाबुराम भट्टराई-उपेन्द्र यादव ओली नेतृत्वको सरकारको विकल्पको खोजीमा छन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes