लुम्बिनीमा फेरी थपिए तीन मन्त्री, कसले कुन मन्त्रालय पाए ?


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेरी मन्त्री थपेका छन् । उनले मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

उनले अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून, रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

आचार्य र श्रेष्ठ एमाले सांसद हुन् भने श्रीवास्तव सूर्य चिह्नबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए ।

उनले गत आइतबार विपक्षी गठबन्धनमा हस्ताक्षर गरे पनि सोमबार पुन पोखरेललाई समर्थन गर्दै विज्ञप्ति जारी गरेका थिए । मन्त्रीहरुको सपथ भने बुधबार हुनेछ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes