ओलीलाई असफल बनाउने माधव नेपालको दाउ, प्रचण्ड देउवासँग गोप्य बैठक


एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समेत विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी सुरु गरेको छ । 

प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेसँगै नेपाल सहित माओवादी, कांग्रेस र जनतासमाजवादी पार्टीका उपेन्द्र यादव पक्ष मोर्चाबन्दीमा लागेको हो ।

ओलीको निर्णयसँगै एमाले नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच गोप्छ छलफल सुरु भएको छ । 

मंगलबार आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर साँझ नै चारै जना नेताहरुबीच गोप्य भेटवार्ता भएको स्रोतले बताएको छ । 

कांग्रेसले पदाधिकारी बैठकबाट नै प्रधानमन्त्रीलाई विश्वासको मत लिन असफल गराउने रणनीतिका साथ अगाडी बढ्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले पनि सोही अनुसार अगाडी बढ्ने रणनीति तय गरेको छ । 

एमालेको खनाल–नेपाल पक्षमा सांसद पदबाट सामुहिक राजीनामा दिने विषयमा अनौपचारिक छलफलमा छन् । यता जसपामा यादव पक्षले भने बहुमतबाट निर्णय भएको भन्दै ओलीको विकल्प खोज्नुपर्ने लाइनमा नै रहेको छ । यद्यपी महन्थ ठाकुर पक्षले पनि सांसदहरुको हस्ताक्षर संकलन गरिरहेको छ । 

मंगलबार साँझ महाराजगञ्जस्थित एक घरमा चार जना नेताहरुबीच नै गोप्य छलफल भएको स्रोतको भनाई छ । 

विश्वास मतमा प्रधानमन्त्री ओलीलाई कसरी विफल बनाउने र आगामी दिनमा कसरी जाने भन्ने विषयमा चार नेताबीच भएको छलफल केन्द्रित थियो ।

छलफलको सुरुमा नेताहरुले आफ्नो पार्टीले लिएका निर्णय र भएको छलफलबारे एक अर्कालाई जानकारी गराएका थिए । 

देउवाले भने नेपाल पक्षले निर्णय लिएपछि मात्र अविश्वासको प्रस्तावमा प्रवेश गर्नु उचित हुने बताउँदै आएका छन् । नेपाल पक्षका दोस्रो तहका नेताहरुले ओली पक्षसँग पनि संवाद गरिरहेकाले देउवाले सो कुरा राखेको बुझिएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes