प्रत्येक पटक मन्त्रिपरिषद् विस्तार हुँदा आफ्नो नाम जोडिएर चर्चा भएपछि महेश बस्नेत यस्तो भन्छन्


नेपालन्युज
बिहीबार , २७ जेष्ठ , २०७८

सत्तारुढ दल नेकपा एमालेका नेता महेश बस्नेतले आफू सत्ताको भोगी नभएको प्रस्ट्याएका छन् । उनले आज सामाजिक सञ्जालमा उल्लेख गर्दै प्रत्यक पटक मन्त्रिपरिषद् पुनःगठन हुँदा आफ्नो नाम अनावश्यक रुपमा चर्चामा ल्याएको समेत बताएका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना विचार यसर पोखेका छन् । 

मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो बिषय कहिले बनेन्। पार्टी निति, नेतृव र निर्देशन सदैव पालना गरेर अगाडि बढेको छु। परिभाषित काममा सदैव आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक–पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ। हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन । मेरो बिरोधि साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु । जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै मैले सिकेको सिकाई हो र उपलब्धि पनि ।

कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु। गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। तेस्तो भ्रममा कोही नपरौँ । म जहाँ छु त्यही रहनेछु । र म जे छु तेही छु पद नपाउँदा बिचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा महिले विकास गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुने नै छ। पटक–पटक अग्नि परिक्षामा होमिन तयार छु। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal