नवनियुक्त गृहमन्त्री अधिकारीले पद्भार ग्रहण गर्दै यस्तो भने


नेपालन्युज
बिहीबार , २७ जेष्ठ , २०७८

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह मन्त्रालय मातहतका निकायलाई पारदर्शी रूपमा काम गर्न आवश्यक रहेको बताए । बिहीबार गृह मन्त्रालयमा पदभार ग्रहणपछि गृहमन्त्रालयका अधिकारीहरूसँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले यसतो बताएका हुन् । गृह प्रशासनभित्र कहीँ पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही गर्ने बताए । उनले भने, ‘शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्दछ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँ कतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्प्रोमाइज हुँदैन ।’ उनले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिने गरी काम गर्न निर्देशन समेत दिए । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal