सभामुखले बोलाएको सर्वदलीय बैठक आज बस्दै


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुको सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जेठमा प्रतिनिधिसभा विघटन गरेपछि नियमित कानुन व्यवसायीसँग छलफलमा जुटेका सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका हुन् ।

आज दिउँसो संसद भवनमा रहेको ल्होत्से हलमा यो बैठक बोलाइएको छ । बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अहिले सर्वोच्चमा संवैधानिक इजलासमा बहस भइरहेको छ । यही समयमा सभामुखले यही विषयमा आगामि कदम के हुने भन्नेबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

८ जेठमा प्रतिनिधिसभा विघटन गरेर २६ कार्तिक र ३ मंसिरका लागि सरकारले चुनावको मिति घोषणा गरेको थियो । बैठकमा बोलाइए पनि प्रधानमन्त्री केपी शर्मा ओली यो बैठकमा नजाने उनको सचिवालयले यसअघि नै जानकारी दिइसकेको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal