महाधिवेशन कार्यतालिकामा सामान्य संशोधन गर्‍यो कांग्रेसले


नेपालन्युज
बिहीबार , ०३ असार , २०७८

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन गर्ने गरी छलफल गरेको छ । बिहीबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा तालिका संशोधनको प्रस्ताव गर्न लगिएको हो ।

सह महामन्त्री प्रकाश शरण महतका अनुसार कांग्रेसले तल्ला तहको अधिवेशन आगामी साउन १२ गतेदेखि गर्नेगरी बैठकमा छलफल भइरहेको छ । सअघि कांग्रेसको गत शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेको थियो ।

पार्टीको जारी बैठकले उक्त कार्यतालिकालाई ६ दिन पर धकेल्ने प्रस्ताव गरेको हो । यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सामान्य हेरफेर गरिएको बताइएको छ । तर केन्द्रीय अधिवेसन भने पदाधीकारी निर्णय बमोजिम भदौं १६ देखि १९ गतेकै मितीमा गर्ने प्रस्ताव कार्यसमिति बैठकमा राखिएको छ ।

आजबाट शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा साउन १२ गतेदेखि स्थानीय तहमा अधिवेशन शुरु गर्ने र भदौ १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पेश भएको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिए । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal