भीम रावललाई ओलीको प्रश्न: हतारमा किन राजीनामा गर्नुभएको ?


नेपालन्युज
सोमबार , ०४ श्रावण , २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । केन्द्रीय कमिटी बैठकबाट नै ओलीले रावललाई राजीनामा दिनु सहि कदम नभएको उल्लेख गर्दै फिर्ता गर्न आग्रह गरेका हुन् । 

उनले रावललाई हतारमा राजीनामा किन दिएको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘सल्लाह नगरी हतारिएर किन राजीनामा दिएको ? माधव नेपालले गद्दारी गरे पनि एमाले पार्टी त छ नि । सकिन्छ भने राजीनामा फिर्ता गर्नुपर्छ ।’

उनले नेता नेपालले १० बुँदे सहमति पालना नगरेको आरोप पनि लगाए । नेपालले जुनसुकै अवस्थामा पनि देउवालाई विश्वासको मत दिने बताएपछि रावलले राजीनामा दिएको पनि बैठकमा ओलीले बताए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal