एमालेको स्थायी कमिटी बस्दै, भीम रावल लगायतलाई पार्टीमा ल्याउने बारे छलफल


नेपालन्युज
सोमबार , ०४ श्रावण , २०७८
File Photo

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टीको केन्द्रीय कमिटी बैठक लगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री ओलीको निवास बालकोटमा बस्ने भएको हो । अहिले स्थायी कमिटी सदस्यहरु बालकोट तर्फ प्रस्थान गरेका छन् । 

पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गरी भोलिको बैठकका कार्यसूची तय गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो। यस्तै बैठकमा पार्टी एकताको पक्षमा उभिएका भीम रावल लगायतको व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ । संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने तर नेपाल समूहमा रहेका नेताहरुलाई कसरी समेट्ने भन्ने विषयमा छलफल हुने एक नेताले बताए । 

यसअघि आजै बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना नेतासँग स्पष्टीकरण सोधेको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal