प्रचण्ड–नेपाल भेटको रहस्य


नेपालन्युज
मंगलवार , ०५ श्रावण , २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहानै भेटवार्ता भएको छ।

प्रचण्डले नेता नेपाललाई कोटेश्वरस्थित उनकै निवास पुगेर भेटेका हुन्। नेपाललाई भेट्न प्रचण्ड बिहान सवा ८ बजे नेपाल निवास कोटेश्वर पुगेर झण्डै एक घण्टा भेट गरेर नेपाल निवासबाट प्रचण्ड बाहिरिएका छन्।

यो पनि पढ्नुहोस्

माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

नेता नेपाल र उनका समर्थक २२ जना सांसदहरुले असार ३ गते संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै नेकपा (एमाले)ले ति सांसदलाई कारवाही गर्ने तयारी थालेपछि अवको निकास के गर्ने भन्ने तर्फ नेताहरु विच छलफल भएको स्रोतले जनाएको छ । यता सत्तारुढ पार्टीहरुले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने विषयमा समेत प्रचण्डले नेता नेपालसमक्ष छलफल गरेको बुझिएको छ । 

नेता नेपालले आफु कसरी सुरक्षित बन्ने र एमालेमा नर्फकने निर्णय पछि अव कसरी अघि बड्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको बुझिएको छ । एमालेको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दै छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal