यी हुन् एमाले बैठकले पारित गरेका महत्पूर्ण चार प्रस्ताव


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

नेकपा एमालेले विभिन्न ४ प्रस्ताव पारित गरेको छ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा सहित चार प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 

जसअनुसार पहिलो प्रस्तावको रुपमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा दिएको परमादेशबारे पार्टीको दृष्टिकोण प्रष्ट पारेको छ । जसमा फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुर्याएको लगायतका ठहर एमालेको छ । 

यस्तै ४१ महिने ओली सरकारको समीक्षा गर्दै सरकारले ऐतिहासिक काम गरेको ठहर गर्दै त्यसबारे दोस्रो प्रस्ताव बैठकले पारित गरेको छ । विभिन्न प्रतिकूलताबीच पनि संघीयतालाई कार्यान्वयन गरेको, नयाँ नक्सा प्रकाशन गरेको, पृथकतावादको अन्त्य गरेको, अशान्ति मच्चाउने शक्तिलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको, कोभिडका बीच पनि खोप सुनिश्चित गरेको ठहर एमालेको छ । यस्तै अब पार्टीले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ । 

यस्तै सिंगो पार्टी पङ्क्तिलाई अहिलेको प्रतिकुल अवस्थाबाट निराश नहुन आग्रह गर्दै कम ब्याक गर्न सक्ने गरी लाग्न आह्वान गर्ने चौथो प्रस्ताव पनि बैठकले पारित भएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal