जापानी राजदूत र प्रधानमन्त्री देउवाबीच भेट, राजदूत युताकाले गरे यस्तो प्रतिवद्धता


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

नेपालस्थित जापानी राजदूत किकुता युताका र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ। बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत युताका र प्रधानमन्त्री देउवाबीच भेट भएको हो । 

भेटका क्रममा उनले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका थिए। राजदूत युताकाले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाएको बधाई सन्देश पनि देउवालाई हस्तान्तरण गरेका थिए।

राजदूत युताकासँगको भेटमा प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्धलाई अझै मजबुद् बनाउनेबारे कुरा गरेका थिए। साथै जापानमा बनेको अष्ट्राजेनेका खोपको १६ लाख डोज नेपाललाई अनुदान दिन लागेकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिए। जापानले दिन लागेको उक्त खोप केही दिनमै नेपालमा आउनेछ। भेटका क्रममा राजदूत युताकाले भविष्यमा थप खोप पनि नेपाललाई दिने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal