माधव नेपालले घोषणा गरे ‘पिपुल्स भोलेन्टियर’


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । युवा संघ नेपालले आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा नेता नेपालले पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन् । यसमा एक हजार एक सदस्य रहेका छन् । पिपुल्स भोलेन्टियरको प्रमुखमा शिव श्रेष्ठ तथा सचिवमा मनोज खत्रीलाई जिम्मेवारी दिइएको छ । नेता नेपालले पिपुल्स भोलेन्टियर कम्युनिस्ट विचारबाट अघि बढ्ने बताए । भोलेन्टियरले अरूले जे गर्छ त्यो नगर्ने उनको दाबी छ ।

“यो कम्युनिस्ट विचारबाट अघि बढ्ने संगठन हुनेछ पिपुल्स भोलेन्टियर । राम्रा मानिसको गुण तपाईंरूले सिक्नुपर्छ । नराम्रो बानी नसिक्नुहोला । यो कुरामा म विशेष जोड दिन चाहान्छु । राम्रो बानिव्यहोरा भयो भने मान्छेले गौरवबोध गर्नेछन् । युवा संघले निर्माण गर्ने पिपुल्स भोलेन्टियर असल मानिसको स्वभाव बोकेको स्वयंसेवक बन्नुपर्छ । अरूले जे गरे त्यो दोहोर्‍याउने होइन,” उनले भने । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal