यी हुन कांग्रेसबाट मन्त्री बन्ने सम्भावित नाम (सूचीसहित)


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

नयाँ सरकार गठन भएको १० दिन बित्दा समेत मन्त्रिमण्डल विस्तारले पूर्ण पाउन सकेको छैन् । गठबन्धन सरकारमा दलहरुबीच मन्त्रालयको भागवण्डा सकिएको बताइएपनि अझै मन्त्रिमण्डल विस्तारको काम नसकिएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन र आफ्नै पार्टीभित्र पनि सबैलाई मिलाएर जानुपर्ने बाध्यता रहेको छ । पार्टीको १४ औं महाविधेशनलाई केन्द्रमा राखेर नेताहरुलाई मिलाउनुपर्ने बाध्यता त छ नै गठबन्धनलाई दिगो राख्न अन्य दलका नेताहरुको मन बुझाउनुपर्ने बाध्यता पनि देउवालाई आइलागेको छ । 

देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र नेकपा एमालेको माधव नेपाल समूहलाई मिलाएर मन्त्रिमण्डल विस्तारको तयारी देउवाले गरेका छन् । अहिले एमालेका वरिष्ठ नेता नेपाल समूहबीचमा समस्या देखिएको केही ढिला भएको नेताहरुको भनाई छ । 

गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा देउवा रहेका छन् । उनलाई आफ्नै दलभित्रका मन्त्रीपदका लागि विभिन्न आंकाक्षीहरुको पनि चित्त बुझाउनु पर्ने छ । कांग्रेसमा रहेका विभिन्न गुट उपगुटलाई मन्त्री बनाउनका लागि देउवालाई दवाव दिइरहिइएको बुझिएको छ । 

यी हुन सम्भावित नामहरुः

प्रधानमन्त्रीनिकट एक नेताका अनुसार देउवाले अब विस्तार हुने मन्त्रीपरिषदमा पुष्पा भुसाल, कृष्ण सिटौलाबाट भीमसेनदास प्रधान, प्रकाशमान सिंह बाट प्रकाशमान आफैँ र राजन केसीलाई मन्त्री बनाउने तयारीमा रहेका छन् । यस्तै शंसाक कोइरालाबाट सुजता कोइराला, रामचन्द्र पौडलबाट तेजुलाल चौधरी, दिलेन्द्र बडु, प्रमोद यादव लगायतलाई मन्त्री बनाउने तयारीमा रहेको बुझिएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal