नेपाल समूहको बैठकमा भीम रावल पुगेपछि...


नेपालन्युज
आईतवार , १० श्रावण , २०७८

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरू भएको छ। बैठक काठमाडौंको बुद्धनगरमा बसिरहेको छ। 

पार्टी भित्र एकताको पहल गरिरहेका कार्यदलका सदस्यहरूसहित नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूले बैठक बोलाउन माग गरेपछि नेता नेपालले बैठक आह्वान गरेका हुन्।

बैठकमा उपाध्यक्ष भीम रावल पनि सहभागी छन्। गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा नेता नेपालसित कुरा नमिलेपछि रावलले सांसद पदबाट राजीनामा दिएका थिए।

त्यसपछि एमालेका दुबै समूहले गर्ने गतिविधिमा रावल जान छोडेका थिए। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal