गोविन्द बन्दी माधव नेपालको कोटाबाट ६ महिने मन्त्री बन्ने लाइनमा !


नेपालन्युज
मंगलवार , १५ भाद्र , २०७८

सत्ता गठबन्धनले निरन्तर छलफल गरेपनि अहिलेसम्म मन्त्रालयको भागवण्डामा सहमति जुटाउन सकेको छैन् । मन्त्रालयको संख्या कसलाई कति दिने भन्ने विषयमा लगभग सहमति जुटेपनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा भने नेताहरुबीच अझै सहमति जुट्न नसकेको हो । 

मंगलबार मात्रै बालुवाटारमा बसेको बैठक निष्कर्ष विहिन भएको छ । अब शीर्ष तहबाट नै यो विषय टुंगो लगाउने समझदारी नेताहरुले गरिरहेका छन् । 

अहिले गठबन्धनमा रहेका दलहरुभित्र पनि कसलाई सरकारमा पठाउने भन्ने विषयमा छलफल चलिरहेको छ । यसैबीच माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ । मेटमणी चौधरी, रामकुमारी झाँक्री, विरोध खतिवडा, मुकुन्द न्यौपाने लगायतको नाम मन्त्री बन्ने सूचीमा रहेको बताइन्छ । उनीहरुसँग बन्दीलाई पनि बढीमा ६ महिनाका लागि भएपनि मन्त्री बनाउने तयारी नेपाल नेतृत्वको पार्टीले गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा त्यसको विपक्षमा माहोल निर्माण गर्न सहयोग पुर्याएका अधिवक्ता बन्दीलाई कानून मन्त्री नै बनाउने तयारी भएको स्रोत बताउँछ । उनी मन्त्री भएमा कार्यकल भने ६ महिनाको मात्रै हुनेछ । संविधान अनुसार कुनै गैरसांसद व्यक्तिलाई बढी ६ महिनाभित्र मात्रै मन्त्री बनाउन मिल्ने उल्लेख गरिएको छ । 

उनलाई मन्त्री बनाउने विषयमा सत्ता गठबन्धनभित्र समेत छलफल भइसकेको बताइएको छ। यसअघि बन्दीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन खोजिएको थियो। तर त्यतीबेला नेताहरुबीच सहमति जुटेको थिएन् । 

उनी दैलेखका स्थायी बासिन्दा हुन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal