निर्वाचनमा माओवादी नै पहिलो पार्टी बन्छः प्रचण्ड


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र नै पहिलो पार्टी बन्ने दावी गरेका छन् । पोस्टबहादुर बोगटीको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो दावी गरेका हुन् । उनले अब आफूहरूले देशको नेतृत्व गर्ने अवस्था आउन सक्ने पनि बताए। 

प्रचण्डले नेताहरूमा पद र प्रतिष्ठाप्रति लालच, व्यक्तिगत स्वार्थ, गुट बनाउने प्रवृति विकास हुँदै गएको उल्लेख गर्दै माओवादी पनि अरू बुर्जुवा पार्टीजस्तै बन्ने दिशातिर गएको बताए । 

उनले भने, ‘अहिले पनि माओवादी केन्द्र देशको सर्वाधिक पार्टी हो । यसको तुलना अरूसँग हुन सक्दैन ।’

उनले संविधान संशोधनका लागि आवश्यक परे सडकमा जाने पनि बताए ।

संविधान बनाउँदा नै आफूले निर्वाचन प्रणाली, शासकीय स्वरूपका विषयमा ‘नोट अफ डिसेन्ट’ राखेको उनले स्मरण गरेका छन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal