एमाले स्थायी कमिटी बैठक सकियो, के भयो निर्णय ?


नेपालन्युज
आईतवार , ०३ आश्विन , २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । सोमबार फेरि बस्ने गरी आजको बैठक सकिएको हो । बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल भएको छ । 

एमालेले असोजको १५ देखि १७ सम्म विधान महाधिवेशन बोलाएको छ । विधान महाधिवेशनमा पेश हुने विधान संशोधन, राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदनमा एमालेका स्थायी कमिटी बैठकमा छलफल भइरहेको छ । 

आजको बैठकमा स्थायी कमिटी बैठकमा अमृत बोहोरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुषाल, युवराज ज्ञवालीले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

एमालेको स्थायी कमिटी बैठक सोमवार दिउँसो १ बजे बस्ने एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराईले बताए । 

स्थायी कमिटीले तयार गरेको प्रस्ताव केन्द्रीय कमिटीमा पेश हुनेछ । एमालेको केन्द्रीय कमिटीको बैठक असोज ८ र ९ गते बोलाएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal