जलहरी फेर्दा पशुपतिनाथको ज्योतिर्लिंग चोइटिने जोखिम


केही वर्षअघि तल्लो भागमा रहेको जलहरी फेर्ने क्रममा पशुपतिनाथको ज्योतिर्लिंगको केही भाग चोइटियो । त्यति मात्र होइन, पशुपतिका भण्डारी केदार भण्डारीको औंलामा चोटसमेत लाग्यो । पूजा सामग्री ज्योतिर्लिंगसम्म लैजान नपाए पनि छेउछाउसम्म भण्डारीले सहयोग गर्छन् ।

पशुपतिनाथको ज्योतिर्लिंग चार जना पुजारीबाहेक अरूले छुन पाउँदैनन् । ‘पहिला पनि ज्योतिर्लिंग चोइटिएको थियो, चाँदीको जलहरी फेर्दा,’ केदारले भने, ‘१०८ किलो वजनको जलहरी राख्दा त झनै ज्योतिर्लिंगमा दबाब पर्न सक्छ ।’

कान्तिपुर दैनिकले लेखेको छ।

जलहरीमा अहिले मोरिएको चाँदीलाई नचलाई त्यहीमाथि सुनले छोप्ने कोषले बताएको थियो । त्यसरी राख्न १ सय ८ भण्डारीमध्ये केहीले सहमति पनि दिएका थिए । तर अहिले कोषले चाँदीको झिकेरै सुनको राख्ने तयारी गरेपछि भण्डारी आक्रोशित छन् । ‘म कुनै हालतमा चाँदीको झिकेर सुनको राख्न दिन्नँ,’ पालोवाला भण्डारीले भने, ‘ज्योतिर्लिंगमा क्षति पुग्यो भने कसले लिन्छ जिम्मेवारी ? यो संवेदनशील ठाउँ हो । तर यहाँ हचुवामा काम भइरहेको छ ।’

पशुपतिनाथको ज्योतिर्लिंग प्रस्तरको हो । ज्योतिर्लिंगको पिठीका गोलो छ । जानकारहरूका अनुसार जति प्राचीन भयो, उति नै पिठीका गोलो हुन्छ । ‘चतुर्दशकोटी देवदेवताको प्रतीक नै ज्योतिर्लिंग हो,’ भण्डारीले भने, ‘शिवलिंगको कल्याणकारी प्रतीक हो यो । यही प्रतीकको आधार बनाएर पशुपतिको पूजा, आराधना हुन्छ ।’


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes