मास्कको कालोबजारी : दोब्बर मूल्यमा मास्क बेच्नेलाई जरिवाना


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ । विभागको आकस्मिक अनुगमन टोलीले आइतबार त्यस क्षेत्रमा अनुगमन गर्ने क्रममा उक्त सप्लायर्सले प्रतिगोटा साढे चार रुपियाँमा खरिद मूल्य परेको सर्जिकल मास्कको साढे आठ रुपियाँमा बेचेको पाइएपछि जरिवाना गरेको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले महँगोमा बिक्री गर्ने उक्त मेडिकल सामान आपूर्ति गर्ने आपूर्तिकर्तालाई जरिवाना गरिएको जानकारी दिए । उनका अनुसार यसअघि गत शुक्रबार विभागको सो अनुगमन टोलीले भक्तपुरस्थित हिमालयन लाइफ केयर इन्डस्ट्रिजले पनि महँगो मूल्यमा बिक्री गरेको भन्दै ५० हजार रुपियाँ जरिवाना गरेको थियो । 

-गोरखापत्र दैनिक

यो पनि पढ्नुहोस्

डीआईजीसहित १ सय ५ पद रिक्त, को-को छन् दाबेदार ?


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes