विदेशबाट आउनेले दुईपटक पीसीआर परीक्षण गर्नुपर्ने


नेपालन्युज
मंगलवार , २५ जेष्ठ , २०७८

विदेशबाट आउने यात्रुले आफ्नै खर्चमा अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने, दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्ने गरी नयाँ मापदण्ड जारी भएको छ । 

जनस्वास्थ्यका मापदण्ड पालना गरेर सातामा ५ वटा अन्तर्राष्ट्रिय उडान अनुमति दिने जेठ १३ गतेको निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले ‘नेपाली तथा विदेशी नागरिक विदेशबाट नेपालआउँदा पालना गर्नुपर्ने २८ बुँदे मापदण्ड–२०७८’ ल्याएको हो । सरकारले तोकेको क्वारेन्टाइन, होम क्वारेन्टाइन, यात्रुको व्यवस्थापन, होटल क्वारेन्टाइन अवधि व्यवस्थापन, होम क्वारेन्टाइन निगरानी र अन्य विषय समेटिएका ६ वटा क्षेत्रका २८ बुँदामा मापदण्डलाई समेटिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्रलगायत सम्बन्धित निकायको समन्वयमा मापदण्डको मस्यौदा बनाएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको थियो । मस्यौदालाई स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले मापदण्ड जारी गरेको हो । मापदण्डको पालना गर्नेलाई मात्रै नेपाल आउन अनुमति प्रदान गर्न विदेशस्थित कूटनीतिक नियोगहरूलाई परिपत्र गरिएको छ ।

कान्तिपुर दैनिकले लेखेको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal