कति खतरनाक छ निपाह भाइरस ?


नेपालन्युज
सोमबार , २८ भाद्र , २०७८

भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । 

स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले नेपालमा पनि निपाह भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बैठकले सबै अस्पताललाई परिपत्र गर्दै सङ्क्रमणको चुनौतीविरुद्ध प्रबन्ध गर्न ƒ लक्षण देखिए रिपोर्टिङ गर्न भनिसकेको जानकारी दिए । डा.पौडेलले निपाह भाइरसको लक्षण देखिएमा बिरामीको नमुना लिएर काठमाडौँको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि महाशाखाले आग्रह गरेको बताए । गोरखापत्र दैनिकले लेखेको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal