सर्वोच्च : नयाँ शक्ति केन्द्र


नेपालन्युज
सोमबार , २८ भाद्र , २०७८

एमाले फुटेर बनेको एकीकृत समाजवादीमा आबद्ध सांसदको सनाखत गर्ने दिन भदौ ९ मा सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट पनि निर्वाचन आयोग पुगेका थिए । तर दल विभाजनसम्बन्धी निवेदनमा नाम नरहेको भन्दै आयोगले उनीहरूको सनाखत अस्वीकार गर्‍यो । त्यसपछि सांसदद्वय पाण्डे र भट्टले आफूहरूले एमाले त्यागेर एकीकृत समाजवादी रोज्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिए ।

उक्त निवेदनमा आइतबार सर्वोच्चकी न्यायाधीश मीरा खड्काको इजलासले आयोगलाई कारण देखाऊ आदेश जारी गर्दै दुवै सांसदलाई भदौ २९ सम्म कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले २९ गतेको सुनुवाइबाट अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नेछ । अर्थात् सांसद् पाण्डे र भट्ट कुन पार्टीमा आबद्ध हुनेछन् भन्ने कुरा उनीहरूको स्वैच्छिक रोजाइमा होइन, सर्वोच्च अदालतको निर्णयमा भर पर्नेछ ।

गठन प्रक्रिया गैरकानुनी रहेको दाबी गर्दै नयाँ दल एकीकृत समाजवादीलाई मान्यता नदिन माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको निवेदनमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । ओलीले आफूहरूले कारबाही गरिसकेका १४ सांसदलाई समेत नयाँ पार्टीमा आबद्ध गरिएको भन्दै निवेदनमा सभामुख, निर्वाचन आयोग र एकीकृत समाजवादीलाई समेत विपक्षी बनाएका छन् । कान्तिपुर दैनिकले लेखेको छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal