बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बसेका एकजना घाइते भएका छन् ।
बिहीबार राति ठाकुरबाबा नगरपालिका २ रानीपुरमा भे ८ प ९४७६ नम्बरको मोटरसाइकल बयलगाडासँग ठोक्किएर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका १ डुमे्रनीका २३ वर्षीय त्रिभुवन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । दुर्घटनामा पछाडि सवार २२ वर्षीय तीर्थ आचार्यको उपचार भइरहेको छ ।