मुख्यमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन


एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस वाग्मती प्रदेशको राजधानी हेटौँडामा यही फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा आज १६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम, हेटौँडा बजारको सरसफाइ, माध्यामिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, सडक दौड तथा खेलकूद र विभिन्न विद्युतीय सञ्चारमाध्यममा परिसंवाद कार्यक्रमको आयोजना गरिने छ ।

मूल समारोह समितिको कार्यक्रमअनुसार फागुन ७ गते बिहान ७ : ३० बजे स्थानीय भुटनदेवी माविको प्राङ्गणबाट निस्कने झाँकीसहितको र्यालीले हेटौँडा नगरको परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा आइपुगेपछि समारोहमा परिणत हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले उल्लेख गरे । समारोह समितिलाई सहयोग पुर्याउन विभिन्न चार उपसमिति पनि गठन गरिएको छ ।

यो पनि पढ्नुहोस्

स्थापना दिवसमा मुख्यमन्त्री गुरुङले भने- प्रदेश सरकार समृद्धिको अभियानमा छ

यो पनि पढ्नुहोस्

बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : मन्त्री ढकाल


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes