थपियाे निषेधाज्ञाको अवधि


नेपालन्युज
शुक्रबार , २४ बैशाख , २०७८

मोरङमा जारी निषेधाज्ञाको अवधि एक हप्ता लम्ब्याइएको छ। कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै मोरङ प्रशासनले जेठ १ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि बढाउने निर्णय गरेको हो । बिहीवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको समय बढाउने निर्णय गरेअनुसार प्रशासनले निषेधाज्ञाको समय बढाएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम वैशाख २४ गते राति १२ बजेदेखि लागू हुने गरी जेठ १ गतेसम्मका लागि अल्पकालीन निषेधाज्ञा जारी गर्ने बैठकले निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । यसअघि वैशाख १७ गते बसेको जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले वैशाख १८ गते रातिको १२ बजेदेखि लागू हुनेगरी ७ दिने निषेधाज्ञा जारी गरेको थियो ।

यो पनि पढ्नुहोस्

दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन

यो पनि पढ्नुहोस्

यस कारण छिटो फैलिरहेको छ काेराेना !


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal