सप्तरीमा थप ५ जना कोरोना संक्रमितको मृत्यु


नेपालन्युज
शुक्रबार , २४ बैशाख , २०७८

सप्तरीमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै प्रदेश–२ का मा थप ४ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बिहीबार साँझ जारी गरेको रिपोर्ट अनुसार धनुषामा सबभन्दा बढी १ सय १७ जना संक्रमित भएका छन् ।

त्यस्तै महोत्तरी ७१, सिरहामा ५०, सप्तरीमा ४३, रौतहटमा ५, सर्लाहीमा १०, बारामा ३१, पर्सामा १११ र अन्य प्रदेशका ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणले गर्दा उपचारको क्रममा प्रदेशका सप्तरी जिल्लामा मात्रै ५ जनाको मृत्यु भएको छ । निर्देशनालयका अनुसार राजविराज नगरपालिका ४५ वर्षीय पुरूष, खड्कपुर नगरपालिका ११ का ३६ वर्षीया महिला, हनुमानगर नगरपालिका २ का ४२ वर्षीय पुरूष, सप्तकोशी नगरपालिका १ का ५० वर्षीय पुरूष र छिन्‍नमस्ता गाउँपालिका ४ का ४८ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो ।

निर्देशनालयले जारी गरेको रिपोर्टमा पर्सा, रौतहट र धनुषामा गरि ७ जनाको मृत्यु भएको तथ्यांक समावेश गरिएको छैन । हाल प्रदेशमा ४६०२ सक्रिय संक्रमित मध्ये ४४०९ जना होम आइसोलेशन र १९३ जनाको विभिन्‍न संस्थागत अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal