गर्भवती र सुत्केरी महिलाको हवाई उध्दारकार्य प्रभावकारी


नेपालन्युज
बिहीबार , २७ जेष्ठ , २०७८

मातादेवि धामी वर्ष २३ कि छिन। बझाङको साईपाल गाँउपालिका वडानं १ कि उनि सुत्केरी भई मृत बच्चा जन्माए पश्चात सालनाल नखसि अत्यधिक रक्तश्राव भएकोले स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन सकेन। उनलाई सम्पन्न अस्पतालमा लैजानु पर्ने भनि प्रमुख जिल्ला अधिकारीबाट सूचना प्राप्त भएपछि तत्काल थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उध्दार गरी मध्य पश्चिम क्षेत्रीय अस्पताल सुर्खेत लगिएको थियो।

बाजुराको स्वामी कार्तिक गाँउपालिका वडा नं १ कि २० वर्षिया शर्मिला बुढाको गर्भमा रहेको बच्चाको टाउको ठूलो भएकोले जन्मन नसकेको र लगातार लामो समय प्रस्रव व्यथा लागेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि हेलिकप्टरबाट उध्दार गरी सुर्खेतनै लगिएको थियो। यसरि वर्षेनी थुप्रै महिलाहरु उपचार सेवाबाट लाभान्वित भैरहेका छन।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार गर्ने गरिएको छ। यसका लागि कार्यविधि, २०७७ बनाईएको छ।

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला भन्नाले 

लगातार लामो प्रश्रव व्यथा लागि बच्चा जन्माउन कठिनाई भएको ।

गर्भमा नै बच्चाको मुत्यु भएको ।

गर्भवती अवस्थामा अत्याधिक शरीर सुन्निएको ।

सुत्केरी पश्चात अत्याधिक रक्तश्राव भएको ।

रक्त अल्पता भएको गर्भवती ।

स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई बुझिन्छ ।

हवाई उद्धारका लागि के गर्ने ?

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिशपत्रका साथ हवाई उद्धारको लागि सूचना दिने ।

सम्बन्धित महिलाको नागरिकताको प्रतिलिपि ।

स्थानीय स्वास्थ्य संस्थाको सिफारिसपत्र ।

अन्य व्यवस्था कार्यविधिले तोके बमोजिम हुनेछ ।

दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्धार गरी तोकिएका पायक पर्ने निदिष्ट अस्पतालमा पुर्‍याईने व्यवस्था मिलाइएको छ ।

हवाई उद्धारका लागि सर्म्पक नम्बर

९८५१२५५२५४९ ( हट्लाईननम्बर)

९८४१८६९१८१, ९८४१६०६८७७

०१४२००३२८, ०१४२००३३७

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिहदरवार, काठमाडौ


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal