दीपक मनाङेले दिए पदबाट राजीनामा, यस्तो छ कारण


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । मनाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद मनाङेको राजीनामा पत्र बिहिबार नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ ।

मुख्यमन्त्री गुरुङले बिहिबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित भएर सम्पर्कबिहिन भएका थिए । राजीनामा पत्रमा उनले विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिएकै कारण आफुले राजीनामा दिएको उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा मनाङेले प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको उल्लेख गरेका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार साँझ मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेको पत्रसमेत सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्रीबाट वैशाख २६ मा राजीनामा गरेका मनाङे पुनः जेठ ५ गते संसद्‌मा सहभागी ठूलो दलको नेताको हैसियले मन्त्री बनेका थिए ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal