जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४।४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । जीप अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal