अध्यक्ष कपको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी


नेपालन्युज
बुधबार , ०९ असार , २०७८

गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप लगाउँदै यहाँका स्थानीय युवाले कार्यालयमा तालाबन्दी गरेका हुन् । असार मसान्तकै समयमा गाउँपालिकाको कार्यालयमा तालान्दी गरिएपछि पालिकाका नीति तथा कार्यक्रम र चालू योजनाको भुक्तानीमा समेत प्रभावित भएको छ ।

गाउँपालिका अध्यक्षले सबै वडाका युवा समावेस गरिएको समितिलाई उक्त बजेट नदिएर अवैधानिक रूपमा आफू अनुकूलको समितिलाई असार मसान्तको अन्तिममा पाँच लाख बराबरको बजेट दिएको भन्दै तालाबन्दी गरिएको स्थानीय यूवा भुवन कठायतले जानकारी दिनुभयो । उनका अनुसार बजेट बिनियोजनका विषयमा गाउँपालिकालाई सल्लाह सुझाव दिन जाँदा आफ्ना माग र सुझावलाई अटेर गरेपछि तालाबन्दी गरिएको हो । 

युवाको समूहले गाउँपालिकाको कार्यालयमा लगाइएको ताला खोल्ने विषयमा अहिले मिटिङ् बोलाइएको अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने, “गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताका लागि पाँच लाख रकम बिनियोजन भएको थियो, सो विषयमा केही असन्तुष्ट भएकाहरूले तालाबन्दी गरेको भन्ने सुनेको छु, सबैलाई बोलाएको छु, गुनासा सम्बोधन गरेर तालाबन्दी खोलिने छ ।”


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal