आज राति १२ बजेदेखि कडा निषेधाज्ञा


नेपालन्युज
शुक्रबार , १५ श्रावण , २०७८

झापामा आज राति १२ बजेदेखि कडा निषेधाज्ञा गर्ने भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै आज राति १२ बजेदेखि साउन २३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्ने भन्दै प्रशासनले अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्किन समेत रोक लगाएको छ। त्यस्तै अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी र सार्वजनिक कार्यालय बाहेक अन्य कार्यालयहरू समेत सञ्चालन नगर्न निर्देशन दिइएको छ। बैंक तथा वित्तीय संस्थामा माथिल्लो निकायबाट स्वकृति लिएर न्यून कर्मचारी राखेर हप्तामा तीन दिन आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ।

पछिल्लो केही दिनयता झापामा दैनिक २ सयको हाराहारीमा सङ्क्रमित थपिदैं गएका छन्। त्यस्तै खाद्यान्न, हरियो तरकारी, माछा मासु लगायत अत्यावश्यक सामाग्रीका पसलहरू भने बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाउने छन्। अत्यावश्यक सवारी साधन बाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधनलाई पूर्ण रोक लगाइएको छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal