पहिरोबाट २ जना बालकको मृत्यू हुनुका साथै केही घाईते


नेपालन्युज
सोमबार , २१ भाद्र , २०७८

रोल्पामा पहिरोमा परी एकजनाको मृत्यू हुनुका साथै एकजना बेपत्ता भएका छन। रोल्पा नगरपालिका बाम्ला स्थित एक घरमा पहिरो आउँदा ५ वर्षको बालकको मृत्यू भएको छ। सोही घरकी ७० वर्षिया महिला बेपत्ता भएकी छिन। पहिरोमा परी २ जना घाईते भएको प्रहरीले जनाएको छ।

जाजरकोटमा पनि पहिरोमा परी एक बालकको मृत्यू भएको छ। नलघाट नगरपालिका ढाडसिर्के स्थित एक घरमा पहिरो आउँदा १० वर्षिय बालकको मृत्यू भएको थियो पहिरोमा परी ३५ वर्षिया महिला तथ ४६ वर्षिय पुरुष घाईते भएका थिए।

पहिरो आउँदा रुकुम पश्चिममा ४ जना घाईते भएका छन। रुकुम पश्चिम नगरपालिका ज्ञानखोला स्थित एक घरमा पहिरो आउँदा ५४ वर्षिय पुरुषका साथै १८ र ५१ वर्षिया महिला र ८ वर्षिय बालक घाईते भएका थिए।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका गुईटे स्थित बेनी जोमसोम सडकमा पहिरो खस्दा पूर्ण रुपमा अबरोध भएको छ। यस्तै नुवाकोटको शिवपुरी गाँउपालिका गुरुङ गाँउमा पहिरो आई टोखा छहरे सडक खण्ड पूर्ण रुपमा अवरोध भएको थियो। पहिरोले धादिङको बेनीघाट रोराश्र गाँउपालिका तिङग्राङखानी स्थित पृथ्वी लोकमार्गमा पहिरो जाँदा बाटो पूर्ण रुपमा अवरोध भएको थियो। स्याङ्जाको फेदी खोला गाँउपालिका बेसारे स्थित सिध्दार्थ राजमार्गमा पहिरो खसी बाटो पूर्ण रुपमा अबरोध भएको थियो।

रुकुम पूर्वमा पनि पहिरोको समस्या भएको छ। सिस्ने गाँउपालिका रानीकोट स्थित मध्य पहाडी लोकमार्ग माथिबाट सुख्खा पहिरो आई बाटो पूर्ण रुपमा अबरोध भएको थियो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal