गण्डकी प्रदेश सभाको बैठक बस्दै


नेपालन्युज
मंगलवार , २९ भाद्र , २०७८

गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । बजेटप्रति असहमति भएपछि लामाे समयदेखि बैठक बस्न सकेको थिएन । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका क्रमागत योजना काटिएको, अघिल्लो सरकारका महत्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो ।

काटिएको योजनाको स्रोत सुनिश्चित गरेर अगाडि बढाउने, अघिल्लो सरकारका प्राथमिक र दीर्घकालीन योजनालाई निरन्तरता दिने लगायतका दुई दलबीच सहमति भएपछि आज बैठक बस्न लागेको हो । जेठ २९ गते नियुक्त भएका गठबन्धनका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले असार १ गते अर्थमन्त्रीकोसमेत जिम्मेवारीबाट ३० अर्बभन्दा केही बढीको बजेट ल्याएको थियो ।

बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको थियो । दलबीच सहमति गर्नका लागि पटक–पटक छलफल भएको थियो । पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र हालका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीबीचको वार्तामा बैठक अगाडि बढाउने सहमति भएको हो ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal