२०७७ फागुन १० गते, सोमवार, २२ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष, दशमी तिथि (१४:३२ बजेदेखि एकादशी)। मृगशिरा नक्षत्र (८:४२ बजेदेखि आर्द्रा)। चन्द्रराशि– मिथुन।
मेष : आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
मिथुन : आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । माइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन पनि लाग्नेछ ।
सिंह : प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।
तुला : राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
धनु : छोटो दूरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ : शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।
बृष : आज धर्म, कर्म तथा समाजसेवाट सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहनेछ ।
कर्कट : यात्रा गर्दा सचेत हुनुपर्नेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका होला, तर साँझमा आर्थिक लाभ मिल्नसक्छ ।
कन्या : निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
बृश्चिक : आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनसक्छ ।
मकर : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।
मीन : नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।
- ज्यो.प. नारायणप्रसाद दुलाल