दीप्त प्रकाशभित्र पनि
कहिले तामसले
पोतिदिन्छ रूप नै धमिल्याइदिएर
तव अर्धनिद्राबाट ब्युझन्छु आत्तिएर दुःस्वप्नबाट झस्किएर
कस्तो हो यो थरहरी भुइखुट्टाहरूको दुरात्माले सधैं पिरोलिरहेको
भागेर मन उडेर गएपनि पछ्याउँदै आँधिहुरी भै आइरहेको
पथिक झैं भौतारिदैं हरपल किन अलमलिइ रहन्छु
आफ्नैबाट किन सधैं पराभवको हुंकार महसुस गरिरहन्छु
कस्तो हो यो वैमनस्यता निकटतासंगको
बादल जस्तै हरे ! सबैको मन फाटिरहेको
पाखण्डी भइ जिउने पाजीहरूले के जानोस् अर्थ पुष्प कमलको
के देखोस् नालीमा पनि सदैव रौनक़ छर्दै मुस्कुराइरहेको
मज्जा लिन्छन् पीडन दिनेहरू मच्चिएर
मिथ्याचार गर्दै निमुखालाई दिनहुँ रूवाएर
मिहीँ बनेर पो छिर्छन् स्वार्थी भएर एक्लै हुँदा विवसताहरू पनि
फत्ते भएपछि सबै कर्महरू सजिलै बिर्सिदिन्छन् रचाउँदै हरे ! कहानी
मुसमुन्द्रे स्वभाव छैन आफ्नो त, निर्धालाई सताइ खुसी रहने
कुभलो के चिताउँथे र हरे ! कसैको दुस्खमा तमासा बनेर रमाइरहने।।।।।
उमा गुरूङ